scheduleमगलवार आषाढ़ २३ गते, २०७७

प्रिमियर लिग: थप चार जनामा कोरोना संक्रमण

काठमाडौँ, १५ जेठ । मार्चदेखि स्थगित रहेको प्रिमियर लिग सुचारु गर्नुपुर्व सम्पुर्ण क्लबका खेलाडी र पदाधीकारीहरुको कोरोना परीक्षण तीब्र रुपमा भइरहेको छ । पछिल्लो रिपोर्ट अनुसार प्रिमियर लिगका तीन क्लबका चारजना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

सबै गरी एक हजार ८ जनाको कोरोना परीक्षण भएको थियो जसमा चारजना कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको हो ।

सबै खेलाडी र पदाधिकारीहरुको कोरोना परीक्षण क्लियर भएपछिमात्रै खेल सूरु गर्ने तय भएको थियो । सोही अनुरुप पछिल्लो समय तीब्र रुपमा कामहरु भइरहेको बताइएको छ । हालसम्म लिगका २ हजार ७५२ जनाको कोरोना परीक्षण भएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय