scheduleमगलवार आषाढ़ २३ गते, २०७७

‘टोटनहमले नयाँ खेलाडी किन्न पैसाको खोलो बगाउँदैन’

काठमाडौँ, १५ जेठ । टोटनहमका प्रशिक्षक जोसे मोउरिन्होले नयाँ खेलाडीहरु अनुबन्ध गर्न क्लबले ठुलो रकम खर्च नगर्ने बताएका छन् । यस सिजन खासै गतिलो खेल प्रदर्शन गर्न नसकेको टोटनहमले आउने सिजन नयाँ खेलाडीहरु अनुबन्ध गर्दै उपाधिका लागि प्रतिस्पर्धा गर्ने अनुमान गरिएको थियो ।

प्रशिक्षक मोउरिन्हो जुन क्लबमा पनि गएका छन् उनले उपाधि जिताउन सफल भएका छन् ।

उनको ऐतिहासिक रेकर्डका कारण पनि टोटनहमले आउने केही सिजनमा उपाधि जित्ने अपेक्षा गरिएको हो ।

तर, क्लबले खेलाडी किन्न पैसाको खोलो नबगाउने उनले बताएका छन् ।

उनी चार जना विशेष खेलाडी किन्न चाहेको बताएका छन् । तर, क्लबले ठुलो बजेट हाललाई दिन नसक्ने उनले बताएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय