scheduleमगलवार आषाढ़ २३ गते, २०७७

‘लउतारो मार्टिनेज बिक्रिमा छैनन्’

काठमाडौँ, १५ जेठ । पछिल्लो समय बार्सिलोनाले इन्टर मिलानका स्टार खेलाडी लउतारो मार्टिनेजलाई अनुबन्ध गर्न विशेष लबिंङ गर्दै आइरहेको छ । तर, इन्टर मिलान प्रमुख पियरो अउसिलोले उनी बिक्रिमा नरहेको बताएका छन् ।

यदी बार्सिलोनाले उनलाई अनुबन्ध गर्न चाहेमा १२१ मिलियन डलर तिरेर किन्न सक्ने बताएका छन् । उनको उक्त रकम रिलिज क्लज हो । उनको रिलिज क्लज १५ जुलाईमा सकिँदैछ ।

बार्सिलोना आफ्ना केही स्टार खेलाडीहरु बेच्ने तयारीमा रहेको छ । विशेषः फरवार्ड लुइज स्वारेजको विकल्पमा उनलाई अनुबन्ध गर्न खोजिएको बताइएको छ ।

स्वारेजले पनि आफ्नो विकल्प खोज्न क्लबलाई सुझाव दिइसकेका थिए । अन्य खेलाडीहरु अनुबन्ध गरे पनि स्वारेजको जस्तो फर्ममा अन्य खेलाडीलाई बार्सिलोनाले पाउन सकेको छैन ।

लउतारेले यस सिजन १६ गोल गरिसकेका छन् । यस सिजन उच्च फर्ममा रहेका उनलाई अनुबन्ध गर्न अन्य क्लबहरु पनि लागि परेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय