scheduleआइतवार आषाढ़ २८ गते, २०७७

आज आगामी आर्थिक वर्षको बजेट आउँदै

काठमाडौँ, १५ जेठ । अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७७–७८ बजेट आज संसदमा प्रस्तुत गर्दै छन् । आर्थिक वर्ष २०७७–७८ बजेट प्रस्तुत गर्नका लागि सबै प्रक्रिया पुरा भएको उनले जानकारी दिइसकेका छन् ।

आगामी आर्थिक वर्ष २०७७(७८ को राजश्व र आयको विवरण (बजेट भाषण) सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न ४ बजे प्रस्तुत हुँदैछ ।

नेपालको संविधानबमोजिम हरेक जेठ १५ गते सरकारले संसद्मा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

ऊर्जा, सिँचाइ तथा नदी पथान्तरण (डाइभर्सन) आयोजनालाई आगामी बजेटमा विशेष प्राथमिकतामा राखिएको छ । निर्माणका क्रममा रहेका आयोजनालाई सम्पन्न गर्ने र केही ठूला आयोजना सुरु गर्ने लक्ष्यसाथ सरकारले बजेट विनियोजन गर्न लागेको जनाएको छ ।

सरकारको नीति तथा कार्यक्रमका आधारमा केही महत्वपूर्ण र बहुउद्देश्यीय आयोजनालाई सरकारले विशेष ध्यान दिने भएको छ ।

तामाकोशी, मेलम्चीलगायतका राष्ट्रिय गौरवका आयोजना एक आर्थिक वर्षभित्र सक्ने घोषणा गर्ने तयारी छ । गौरवका केही नयाँ आयोजनामा पनि बजेट विनियोजन हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय