scheduleसोमवार आषाढ़ २९ गते, २०७७

कर्णालीमा थपिए १ वर्षका बालकसहित ८ कोरोना संक्रमित

सुर्खेत, १५ । बिहीबार कर्णाली प्रदेशमा ८ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णालीको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । बिहीबार थपिएकामध्ये १ जना वर्षदिनका बालक, ६ पुरूष र १ महिला छन्।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ । कर्णालीमा मंगलबार १२ र बुधबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय