scheduleमगलवार आषाढ़ २३ गते, २०७७

बजेट भाषणः प्रदेश र स्थानीय सरकारलाई जाने बजेटलाई निरन्तरता

काठमाडौँ, १५ जेठ । सरकारले संघीय स्रोतमा संकुचन भए पनि प्रदेश र स्थानीय सरकारलाई जाने बजेटलाई निरन्तरता दिँदै यथावत राखेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले प्रदेश र स्थानीय सरकारलाई जाने बजेटलाई यथावत् राखेको जानकारी दिएका हुन् ।

सरकारले आगामी आर्थिक वर्षका लागि ससर्त अनुदानतर्फ प्रदेशलाई ३६ अर्ब ३५ करोड र स्थानीय तहलाई एक खर्ब ६१ अर्ब ८ करोड विनियोजन गरेको छ ।

यस्तै सरकारले प्रदेश र स्थानीय तहलाई विशेष खालको कार्यक्रमको लागि करिब १० अर्ब बजेट विनियोजन गरेको छ ।

यस्तै, सशर्त स्थानीय र प्रदेश सरकारलाई दिइने अनुदानमा पनि सरकारले बृद्धि गरेको छ । आर्थिक पुर्नरुत्थान र स्वास्थ्य प्राथमिकता बजेटको प्राथमिकता सरकारले दिइएको छ ।

विदेशी मुद्रा सञ्‍चिति एक खर्ब १७ अर्बले वृद्धि भइ ११ खर्ब ५६ अर्ब पुगेको मन्त्री खतिवडाले बताए ।

अर्थमन्त्री खतिवडाले कोरोना भाइरसको संक्रमणका कारण नेपालको अर्थतन्त्रका प्रमुख क्षेत्रमा गम्भीर प्रभाव पर्न थालेको बताएका छन् ।

कोरोनाले विश्वको उत्पादन, व्यापार र लगानी श्रृंखला संकुचित भएको मन्त्री खतिवडाको भनाइ थियो । उनले भने, ‘विश्वव्यापी महामारी कोरोनाका कारण विश्वले मानवीय र आर्थिक संकट सामना गरिरहेको छ । विश्वको अर्थतन्त्रमा संकुचन आइरहेको छ । उत्पादन, व्यापार र लगानी सम्मका श्रृंखला संकुचित भइरहेका छन् ।’

त्यसको प्रभाव नेपालकी अर्थतन्त्रमा गम्भीर पर्न लागेको उनले बताए । ‘नेपालको अर्थतन्त्रका प्रमुख क्षेत्रहरूमा गम्भीर प्रभाव पर्न लागेको छ,’ खतिवडाले भने ।

मन्त्री खतिवडा संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय