scheduleशनिवार आषाढ़ २७ गते, २०७७

‘निश्चित समयका लागि निजी अस्पताल सरकारले लिनसक्छ’

काठमाडौं, १५ जेठ । कोरोना महामारीलाई लक्षित गर्दै सरकारले संकटका बेला निजी अस्पताललाई निश्चित समयका लागि सरकारले नियन्त्रणमा लिन सक्ने व्यवस्था बजेटमा गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै संकटको अवस्थामा निजी अस्स्पताललाई निश्चित समयका लागि नियन्त्रणमा लिन सक्ने व्यवस्था बजेटमार्फत गरिएको उल्लेख गरेका हुन् ।

खतिवडाले अब निजी अस्पतालका चिकित्सकले निश्चित समयसम्म अनिवार्य सरकारी अस्पतालमा सेवा गर्नैपर्ने बताएका छन्। त्यसका लागि आवश्यक कानुनी व्यवस्था गरेर आगामी आवबाटै यो प्रावधान लागू गरिने उनले बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय