scheduleमगलवार आषाढ़ २३ गते, २०७७

नेपाललाई दूध, तरकारी र मासुमा आत्मनिर्भर बनाइने

काठमाडौं, १५ जेठ । सरकारले नेपाललाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउने बताएको छ । कृषि क्रान्तितर्फ उन्मुख हुन सरकारले सिँचाइ, मल, बीऊ र पुँजीको सुनिश्चितता गर्ने भएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्षको बजेट प्रस्तुत गर्दै आगामी वर्ष दूध, तरकारी र मासुमा आत्मनिर्भर हुन कार्यक्रम चलाइने जानकारी दिएका हुन् ।

उनले ग्रामीण उद्यम कार्यक्रम सञ्चालन हुने जानकारी दिए । एक स्थानीय तहमा एक उत्पादन पकेट क्षेत्र स्थापना गरिनेछ । यसको लागि ३ अर्ब २२ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । कर्णाली र गण्डकी प्रदेशमा खाद्य गुणस्तर प्रयोगशाला पनि स्थापना गरिनेछ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय