scheduleमगलवार आषाढ़ २३ गते, २०७७

फराकिलो बनाइयो प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा भत्ता हटाइएन

काठमाडौं, १५ जेठ । कोरोनाका कारण रोजगारी गुमेकाहरुलाई सम्बोधन गर्न सरकारले प्रधानमन्त्री रोजगार कार्यकमको दायरा बढाएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले रोजगारीका थप अवसर बढाउन ‘आफ्नो गाउँ आफैं बनाऔं’ जस्तै बिपन्‍न परिवार लक्षित ‘कामका लागि खाद्यान्‍न कार्यक्रम’ घोषणा गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री रोजगारी कार्यक्रमको दायरा फराकिलो बनाएर थप २ लाख रोजगारी बढाउने गरी ११ अर्ब ६० करोड बजेट बिनियोजन गरिएको उनले बताए ।

आगामी वर्षको बजेटमा वैदेशिक रोजगारीबाट फर्किएका युवालाई विकास निर्माणका काममा लगाउन आवश्यक सीपमूलक तालिमको व्यवस्था समेत गरिएको छ ।

अर्थमन्त्री डा. खतिवडाले यो बजेटमा सबै किसिमका सामाजिक सुरक्षा भत्ता यथावत राखिएको पनि जानकारी दिए । यसअघि सरकारले भत्ता नदिने चर्चा चलेको थियो ।

सरकारले सामाजिक सुरक्षा भत्ताका लागि ६७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए । हाल दिइँदै आएका सबै सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने पनि उनले बताए। सामाजिक सुरक्षा भत्ताका लागि ६७ अर्ब ५० करोड विनियोजन गरिएको छ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय