scheduleसोमवार आषाढ़ २९ गते, २०७७

कृषिमा बजेटः बजेट भाषणमा के छ ?

काठमाडौं, १५ जेठ । सरकारले वैदेशिक रोजगारबाट फर्कने युवालाई लक्षित गर्दै कृषिमा बजेट केन्द्रित गरेको छ ।

– कृषि क्रान्तितर्फ उन्मुख हुने गरी सरकारले सिँचाइ, मल, बीउ र पुँजीको सुनिश्चितता गर्ने भएको छ। आगामी वर्ष दूध र तरकारीमा आत्मनिर्भर हुन कार्यक्रम चलाइने बजेटमा उल्लेख छ ।
– ग्रामीण उद्यम कार्यक्रम सञ्चालन हुने
– एक स्थानीय तहमा एक उत्पादन पकेट क्षेत्र स्थापना गरिने
– त्यसका लागि ३ अर्ब २२ करोड रुपैयाँ बजेट विनियोजित
– कर्णाली र गण्डकी प्रदेशमा खाद्य गुणस्तर प्रयोगशाला पनि स्थापना गरिने
– सरकारले सामूहिक सहकारी खेतीलाई प्रोत्साहन गर्ने भएको छ
– सामूहिक खेती गर्नेलाई मात्र शीत भण्डारण गर्न आर्थिक सहयोग गर्ने
– सबै स्थानीय तहमा एक कृषि र पशु प्राविधिकको व्यवस्था मिलाउन आवश्यक बजेट व्यवस्था
– रासायनिमक मलमा अनुदान वृद्धि गरी ११ अर्ब रुपैयाँ बजेट विनियोजन
– बाली वीमाः बाली उत्पादन भएपछि मात्रै रकम तिर्ने व्यवस्था सरकारले मिलाएको छ
– सरकारले २ सय खाद्य भण्डारण केन्द्र बनाउन स्थानीय तहलाई १ अर्ब दिने
– सबै स्ठानीय तहमा बजार पूर्वाधार निर्माण पनि गरिने
– चोभारमा फलफूल तथा हाटबजार सञ्चालन गरिने
– स्थानीय तहमा एक कृषि र एक पशु प्राविधिक व्यवस्था गर्न ५० करोड बजेट विनियोजन
– सरकारले उखु उत्पादकलाई अनुदान दिन ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ
– कृषि अनुदान पुनरावलोकन गरी सं‌घ प्रदेश र स्थानीय तहमा दोहोरो नपर्ने गरी दिने अनुदान दिइने
– सरकारले फलफूलका विरुवा उत्पादन गर्न १ करोड ५ लाख बजेट विनियोजन गरेको छ 
– बाँझो जग्गामा खेती गर्नेलाई कृषि औजार सहयोग गर्ने
– सरकारले संघ, प्रदेश र स्थानीय तहको लगानीमा ३ सय स्थानीय तहमा भूमि बै‌ंक स्थापना गर्ने
– महाकाली सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाइने । त्यसको लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
– नदी कटान नियन्त्रणका लागि ६ अर्ब २० करोड विनियोजन गरिएको छ ।
– उच्च पोषणयुक्त कृषि उत्पादनलाई प्राथमिकता दिइने र चैते धान र वसन्ते खेतीमा जोड दिइने ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय