scheduleसोमवार आषाढ़ २९ गते, २०७७

बजेटमा पर्यटनः पूर्वाधार निर्माणका लागि १ अर्ब २६ करोड

काठमाडौं, १५ जेठ । कोरोना महामारीले थलिएको पर्यटन उद्योगलाई लक्षित गर्दै सरकारले पर्यटन पूर्वाधारमा लगानी गर्ने भएको छ ।

सरकारले हिमाली तथा पहाडी क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण गर्न सरकारले १ अर्ब २६ करोड विनियोजन गरेको छ । कोरोनाबाट मुक्त हुनेबित्तिकै पर्यटन पूर्वाधार निर्माण गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

पर्यटन क्षेत्रको अध्ययनको लागि पर्यटन विश्वविद्यालय अध्ययनको तयारी गरिनेछ। माध्यामिक तहभन्दा माथि पर्यटन विषयको पढाइ गरिने पनि बजेटमा उल्लेख छ ।

त्यस्तै, सांस्कृतिक तथा पर्यटकीय विकास पनि गरिने बताइएको छ।

रारा ताल क्षेत्रको विकास गर्न गुरुयोजना बनाइने भएको छ। आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारी तथा नीजि क्षेत्रका कर्मचारीलाई प्रोत्साहीत गरिने भएको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय