scheduleमगलवार आषाढ़ २३ गते, २०७७

अब किसानलाई ‘क्रेडिट कार्ड’

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले किसानलाई क्रेडिट कार्ड वितरण गर्न सुरु गर्ने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले किसान क्रेडिट कार्ड कार्यक्रम सुरु गर्ने जानकारी दिए ।

भारतमा यस्तो कार्यक्रम अभ्यासमा छ । यो कार्यक्रमअन्तर्गत कार्डमार्फत् किसानलाई सरकारले उपलब्ध गराउने विभिन्‍न सेवा सहजरुपमा प्रदान गरिने खतिवडाले जानकारी दिए ।

यसबाट किसानलाई ऋण दिन सजिलो हुने र निश्‍चित ऋणको सीमासम्म किसानले क्रेडिट कार्ड प्रयोग गर्न पाउनेछन् ।

यो कार्ड प्रणाली लागू भएमा किसानले ऋणका लागि अन्यत्र कुदिरहनु नपर्ने सरकारले विश्वास लिएको छ । यही कार्डमार्फत् सरकारी ढुकुटीबाटै किसानले ऋण पाउने छन्।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय