scheduleसोमवार आषाढ़ २२ गते, २०७७

बजेटमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमः ६ अर्ब रुपैयाँ विनियोजित

काठमाडौँ, १५ जेठ । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम विस्तार गर्दै ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई विस्तार गरिन लागिएको जानकारी दिएका हुन् ।

उक्त कार्यक्रमअन्तर्गत विद्यालय भवन निर्माण, पुनर्निर्माण, विज्ञान प्रयोगशाला निर्माण, शिक्षकलाई तालिम, खेलकुद मैदान र भवन निर्माणलगायतका काम हुने मन्त्री खतिवडाले जानकारी दिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय