scheduleसोमवार आश्विन ५ गते, २०७७

पर्यटन उद्यमीलाई कर्जा सुविधाका साथै ब्याजमा सहुलियत पनि

काठमाडौं, १५ जेठ । पर्यटन क्षेत्रलाई लक्षित गर्दै सरकारले कर्जा प्रवाहसँगै ब्याजमा सहुलियत दिने भएको छ । कोरोनाका कारण थलिएको पर्यटन क्षेत्रलाई सघाउन यस्तो व्यवस्था गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

उनले भने, ‘हवाई सेवा, होटल, रेष्टुरेन्ट, ट्राभल, ट्रेकिङ तथा पर्वतारोहण सहितका सेवा क्षेत्रको पुनरुत्थानका लागि कर्जा तथा ब्याजमा सुविधा दिइनेछ ।’

सरकारले ‘एक प्रदेश, एक पर्यटकीय गन्तव्य’को अवधारणा अनुसार सबै प्रदेशमा एक–एकवटा ठूला पूर्वाधारयुक्त पर्यटकीय स्थलको विकास गर्ने बजेटमा उल्लेख गरिएको छ ।

निजी क्षेत्रसमेतको सहयोगमा हिमाली तथा पहाडी क्षेत्रमा मौलिकता सहितको पर्यटकीय गन्तव्यको विकासका लागि १ अर्ब २६ करोड रुपैयाँ छुट्याएको डा. खतिवडाले जानकारी दिए ।

कोभिड–१९ को महामारी नियन्त्रणमा आएपछि जलयात्रा, पर्यापर्यटन तथा मौलिक र सांस्कृतिक क्षेत्रमा नयाँ पर्यटकीय गन्तव्य विकास गरिने बजेटमा उल्लेख छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय