scheduleसोमवार आश्विन ५ गते, २०७७

बैंकका हरेक शाखाले १० जनालाई सहुलियत कर्जा दिनैपर्ने, ६ लाख रोजगारी सिर्जना गरिने

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा ६ लाख नयाँ रोजगारी सिर्जना गर्ने महत्वाकांक्षी योजना अगाडि सारेको छ। कोरोना महामारीसँग जुध्दै अर्थतन्त्र उकास्न रोजगारी सिर्जना गर्नेगरी कार्यक्रम ल्याइएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले देशमा ६ लाख नयाँ रोजगारी सिर्जना गर्न २० अर्ब रुपैयाँ बजेट छुट्याएको जानकारी दिए । उनले त्यतिका संख्यामा रोजगारी सिर्जना गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा फराकिलो बनाएका छन् ।

यो कार्यक्रममा लागि ११ अर्ब भन्दा धेरै बजेट विनियोजन गरिएको छ । सरकारले यो कार्यक्रम प्रभावकारी भएको दावी गरेको छ । त्यसैले आगामी आवमा यही कार्यक्रमबाट २ लाखले रोजगारी पाउने डा. खतिवडाले जानकारी दिए ।

सरकारले तत्कालीन मनमोहन अधिकारी नेतृत्वको सरकारले थालेको ‘आफ्नो गाउँ आफैं बनाऊँ’ कार्यक्रमकै ढाँचामा प्रधानमन्त्री रोजगार कार्यक्रम चलाउने संकेत गरेको छ । सरकारले विदेशबाट फर्किएका युवालाई रोजगारी दिनका लागि विशेष अभियान थाल्ने कार्यक्रम बजेटले घोषणा गरेको छ ।। यसअन्तर्गत पारिश्रमिकमा आधारित रोजगार अभियान चलाउने डा. खतिवडाले जानकारी दिए ।

सरकारले विदेशबाट फर्किएका युवाका लागि सीपमूलकसहितका तालिम गाउँमै सञ्‍चालन गर्ने जनाएको छ। युवाहरुलाई गाउँमै राख्नका यो कार्यक्रम लक्षित हुने उनले जानकारी दिए ।

डा. खतिवडाले सीपमूलक तालिम चलाएर त्यसबाट ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने बताए । सीपमूलक तालिम चलाएर रोजगारी बढाउन सरकारले एक अर्ब रुपैयाँ छुट्याएको छ।

सरकारले देशभर खोलेका रोजगार केन्द्रलाई प्रभावकारी बनाउने र त्यसका लागि रोजगार केन्द्रलाई श्रम सूचना केन्द्र बनाउने जनाएको छ ।

त्यो केन्द्रमार्फत तालिम लिएकाहरुलाई निजी क्षेत्रका उद्योगले कम्तीमा २ वर्ष रोजगारी दिनुपर्ने भएको छ। यसो गरेर तालिम पनि दिएमा तीन महिनाको न्यूनतम् पारिश्रमिकको आधा ज्याला सरकारले अनुदान दिने भएको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय