scheduleआइतवार आषाढ़ २८ गते, २०७७

पास हुनुअघि नै विवादित एमसीसीलाई ३६ अर्ब २ करोड बजेट

काठमाडौं, १५ जेठ । सत्तारुढ दलभित्रै चर्को विवादमा परेको अमेरिकी परियोजना एमसिसी संसदबाट पास भएको छैन । तर, सरकारले उक्त परियोजना अन्तर्गतका आयोजनालाई यथेष्ट बजेट विनियोजन गरेका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा एमसिसी अन्तर्गतको परियोजनालाई बजेट छुट्याएका जानकारी दिए ।

उनले सरकारले आगामी बजेटमा माथिल्लो तामोकोशी, माथिल्लो सान्जेन जलविद्युत आयोजना निर्माण पूरा गर्ने जानकारी दिए । ती आयोजनाको विद्युत ल्याउन प्रसारण लाइनका लागि ३६ अर्ब २ करोड रुपैयाँ छुट्याएको खतिवडाले जानकारी दिए ।

सरकारले ४ अर्ब रुपैयाँ ग्रामीण विद्युतीकरणका लागि छुट्याएको छ। सरकारले ५० हजार बायोग्यास निर्माण गर्ने जनाएको छ। सरकारले ४ अर्ब १३ करोड रुपैयाँ वैकल्पिक ऊर्जामा छुट्याएको छ। सरकारले ठूला सहरमा बिजुलीको तार भूमिगत गर्ने कामका लागि पनि बजेट छुट्याएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय