scheduleशुक्रवार आषाढ़ १९ गते, २०७७

प्रतिनिधिसभाको अर्को बैठक जेठ १८ गते, बजेटमाथि छलफल १८ र १९ गते

काठमाडौं, १५ जेठ । प्रतिनिधिसभाको बैठक आगामी जेठ १८ गते आइतबार बस्ने भएको छ । उक्त बैठक बिहान ११ बजे बस्ने भएको हो ।
बैठकमा बजेटमाथि छलफल हुनेछ । जेठ १८ र १९ गते बजेटमाथि छलफल र अर्थमन्त्रीले जवाफ दिने कार्यसूचि रहेको संसद सचिवालयले जानकारी दिएको छ ।
बिहीबार संसदीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित बजेट सार्वजनिक गरेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय