scheduleसोमवार आषाढ़ २२ गते, २०७७

सर्लाहीमा थप ७ मा संक्रमण पुष्टि, संक्रमितको संख्या ४१ पुग्यो

एसपी यादव/ सर्लाही, १५ जेठ । सर्लाहीको सदरमुकाम समेत रहेको मलङ्ग्वा नगरपालिकामा बिहीवार आएको पिसिआर रिपोर्ट अनुसार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी गराएका छन् ।

मलङ्ग्वा नपाको वडा नं. ३ र ९ का एक एक जना, वडा नं. ६ खुटौनाका तीन जना र वडा नं. ११ गम्हरीयाका २ जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो  । उनिहरु नपाको कवर्ड हलमा रहेको क्वारेन्टाइनमा बस्दै आएकाहरु मध्ये ७ जना रहेका छन् ।

पुष्टि भएका संक्रमितहरु रोजगारीको सिलसिलामा भारतमा बस्दै आएको र केही दिन अगाडी मात्र भारतबाट आएका थिए ।

उनीहरु आउनासाथ घरमा प्रवेश गर्न नदिइएको र नपाको क्वारेन्टाइनमै राखिएको प्रजिअ जिसिले जनाए ।

जिसिका अनुसार संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ, र हाल उनिहरुलाई नपाको आइसोलेशन वार्डमा राखिएको छ ।

यससँगै सर्लाहीमा कोरोना भाइरसको संक्रमितको संख्या बढेर ४१ पुगेको छ । यसअघि सर्लाहीमा ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय