scheduleसोमवार आश्विन ५ गते, २०७७

यस्तो छ १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको नयाँ बजेट (बजेट वक्तव्यको पूर्णपाठसहित)

काठमाडौँ, १५ जेठ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गरेका छन् । कूल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट अर्थमन्त्री खतिवडाले सार्वजनिक गरेका छन् । बजेटको प्रथम उद्देश्य कोरोना लगायतका संक्रामक रोग र विपद्‍बाट नागरिकको जीवनरक्षा हुने तय गरिएको छ ।

बजेटका उद्देश्यहरु निम्न छन्ः

क. संक्रामक लगायत सबै प्रकारका रोग र विपद्बाट नागरिकको जीवनरक्षा गर्दै जनजीवनलाई सहज र सुरक्षित बनाउने ।

ख. उपलब्ध साधन स्रोत, अवसर र क्षमताको उच्चतम परिचालन गरी शीघ्र आर्थिक पुनरूत्थान गर्दै आर्थिक विकासको गतिलाई निरन्तरता दिने ।

ग. नागरिकका मौलिक हक र अधिकारका रूपमा रहेका आवश्यकता परिपूर्तिमार्फत राज्यको लोककल्याणकारी भूमिका बढाउने । र,

घ. सामाजिक, आर्थिक र भौतिक विकासमार्फत उत्थानशील, समुन्नत, स्वाधीन, समृद्ध एवं समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने ।

त्यस्तै बजेटले छ वटा प्राथमिकता निर्धारण गरेको पनि उल्लेख गरिएको छ ।

बजेट वक्तव्यको पूर्णपाठः

बजेट वक्तव्यको भिडियोः

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय