scheduleसोमवार आषाढ़ २९ गते, २०७७

पूर्वाधार विकासमा बजेट घटाएको ठिक भएन, समग्रमा नयाँ बजेट पुरानै ढर्राको : कमल थापा

फाइल तस्बिर

काठमाडाैं, १५ जेठ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले आउँदो आर्थिक वर्षका लागि सार्वजनिक भएको बजेट पुरानै ढर्राको भएको टिप्पणी गरेका छन् ।

बजेट भाषण सकिनासाथ ट्वीट गर्दै उनले पूर्वाधार विकासमा बजेट घटाएकोमा चित्त दुखाएका छन् ।
उनले अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसदमा प्रस्तुत बजेट निर्माण गर्दा संभावित चुनौति सामना गर्ने सिर्जनशील सोचाईको अभाव भएको समेत बताएका छन्।

उनले बजेटका केहि पक्ष भने सकारात्मक रहेको बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय