scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

कोरोना संक्रमण तीव्र बनेपछि दक्षिण कोरियामा पुनः लकडाउन


एजेन्सी, १६ जेठ । लकडाउन अन्त्य गरेको ५० दिनपछि दक्षिण कोरियामा कोरोना भाइरसको नयाँ मामिला देखा परेको छ । यससँगै त्यहाँ दक्षिण कोरियाली सरकारमा पुन लकडाउनको घोषणा गरेको छ ।

शुक्रबारदेखि सुरु भएको पछिल्लो लकडाउन दुई हप्तासम्म लागू हुनेछ । लकडाउनमा देशका पार्क, संग्राहलय तथा सिनेमा घर सबै बन्द हुनेछन् । तर देशका कम्पनीहरु भने सञ्चालन हुनेछन् । सरकारी अधिकारीहरुले कम्पनीहरुलाई बिरामी कर्मचारीलाई काममा नराख्न आह्वान गरेको छ ।

पछिल्लोपटक पुनः देखा परेको कोरोना मामिलाबाट सबैभन्दा धेरै राजधानी शहर सियोल आक्रान्त भएको छ । देशभर देखिएका ७९ मामिलाहरुमा ६७ मामिला सियोल शहरको मात्र रहेका छन् ।

कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार कोरियाका करिब आधा जनसंख्या शहरमा बसोबास गर्छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय