scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

अमेरिकामा कोरोना कहर, संक्रमित र मृतकको संख्या फेरि बढ्न थाल्यो

काठमाडौँ, १६ जेठ । अमेरिकामा कोरोना भाइरसका कारण एकैदिन १ हजार २२३ जनाभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो समय अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्यामा विस्तारै कमी आएको थियो । तर, केही दिन यता भने यो संख्या ह्वात्तै बढेको छ । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ३ हजार ३० पुगेको छ ।

त्यस्तै विहीबार झण्डै २२ हजार संक्रमित फेला परेका छन् । हालसम्म अमेरिकामा संक्रमितको संख्या १७ लाख ६८ हजारभन्दा बढी पुगेको छ ।

४ लाख ९८ हजारभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् । १७ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय