scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

भारतमा कोरोना भाइरस, यस्तो छ पछिल्लो रिपोर्ट

काठमाडौँ, १६ जेठ । भारतमा कोरोना भाइरसका कारण विहीबारमात्रै १७७ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । कोरोनाका कारण हालसम्म भारतमा ४ हजार ७११ जनाभन्दा बढीको ज्यान गइसकेको छ ।

त्यस्तै संक्रमित थपिने संख्या पनि उत्तिकै डरलाग्दो हुँदै गएको अधिकारीहरुले जनाएका छन् । पछिल्लो रिपोर्ट अनुसार विहीबारमात्रै ७ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।

भारतमा हालसम्म १ लाख ६५ हजारभन्दा बढी संक्रमित रहेका छन् ।

झण्डै ७० हजार संक्रमित निको भएर घर फर्किएका छन् । झण्डै ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।

भारतमा दुई महिना यतादेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ । कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो ।

भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ । भारतमा पहिलो चरणको लकडाउन गत २४ मार्चमा लगाइएको थियो । दोस्रो चरण लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । तेस्रो चरणको लकडाउन मे ४ बाट शुरु थियो ।

भारतले सरकारले गत मे ४ देखि लागू हुने गरी मे १७ सम्म थप दुइ साताको गरिएको तेस्रो चरणको लकडाउन समाप्त भएपछि चौथो चरणको लकडाउन शुरु भएको थियो । विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमित को संख्यामा बृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो । भारतमा विगत केही दिनयता संक्रमणको बृद्धिदर उच्च देखिएको छ । यद्यपी अघिल्ला चरणका लकडाउनको तुलनामा चौथो चरण हालको लकडाउन केही खुकुलो गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय