scheduleसोमवार आषाढ़ २२ गते, २०७७

प्रिमियर लिगका बाँकी खेलहरु आउँदो जुन १७ देखि सुरु हुने

काठमाडौँ, १६ जेठ । कोरोना भाइरसका कारण मार्चदेखि स्थगित रहेको प्रिमियर लिगका बाँकी खेलहरु आउँदो जुन १७ देखि सुरु हुने भएको छ । मिडिया रिपोर्टका अनुसार जुन १७ का दिन म्यानचेस्टर सिटीले आर्सनलसँग आमने सामने गर्नेछ । त्यस्तै एस्टन भिल्ला र शेफिल्ड युनाइटेडबीच पनि खेल हुनेछ । प्रिमियर लिगमा ९२ वटा खेल बाँकी रहेका छन् ।

सबै खेलहरु बन्द रंगशालमा खेलाइने निर्णय भएको छ । तर, स्काइ स्पोर्टस, बिटी स्पोर्ट वा अमेजन प्राइममा सबै खेलहरु प्रत्यक्ष प्रशारण गरिनेछन् ।

सबै खेलहरु उच्च सतर्कता अपनाएर मात्र खेलिने बताइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय