scheduleसोमवार आषाढ़ २२ गते, २०७७

इटालियन सिरी ए का बाँकी खेलहरु आउँदो जुनको २० देखि सुरु हुने

काठमाडौँ, १६ जेठ । कोरोना भाइरसका कारण मार्चदेखि स्थगित रहेको इटालियन सिरी ए फुटबलका बाँकी खेलहरु आउँदो जुनको २० देखि सुरु हुने भएको छ । मिडिया रिपोर्टका अनुसार इटालीका खेलकुद मन्त्री भिन्सेन्जो स्पादाफोराले जुन २० देखि लिग पुनः सुरु गर्ने अनुमति दिएका हुन् ।

सिरी ए का १२ चरणका खेलहरु बाँकी रहेका छन् । अगस्ट २० सम्ममा यो सिजन सक्ने गरी समयसीमा तोकिएको थियो ।

यस सिजन २६ खेलमा ६३ अंक जोडेको युभेन्ट्स लिगको शिर्षस्थानमा रहेको छ । त्यस्तै दोस्रो स्थानमा ६२ अंकका साथ लाजियो रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय