scheduleसोमवार आषाढ़ २२ गते, २०७७

‘उपाधि जित्नका लागि टोेटनहमले दुई चार जना खेलाडीहरु अनुबन्ध गर्नुपर्छ’

काठमाडौँ, १६ जेठ । पुर्व प्रशिक्षक ह्यारी रेडन्यापले टोटनहमले उपाधि दौडमा पुनः फर्किन केही खेलाडीहरु किन्नु पर्ने सुझाव दिएका छन् । गएको सिजन च्याम्पियन्स लिगको फाइनलमा पुगेको टोटनहम लगातार चार वर्षदेखि च्याम्पियन्स लिग खेल्दै आइरहेको छ ।

तर, यस सिजनको सुरुवात भने सोचेजस्तो हुन सकेन । प्रशिक्षक मौरिसन्हो पोचेटिनोलाई क्लबले बर्खास्त गर्दै जोसे मोउरिन्होलाई अनुबन्ध गरेको थियो ।

रेडन्यापले भने उपाधि जित्न टोटनहम सक्षम रहेको तर, केही नयाँ र आवश्यक खेलाडीहरु अनुबन्ध गर्नु पर्ने उनको तर्क रहेको छ ।

ह्यारी केन, सन, डि अली र लुकास मउरा जस्ता स्टार खेलाडीहरु रहेका छन् ।

उनीहरु जत्तिको सबल खेलाडी प्रिमियर लिगमा कमै रहेका छन् । केही खेलाडीलाई अनुबन्ध गरेर खेल अनुसार फिट गराउन सके मोउरिन्होले उपाधि जिताउन सक्ने उनको अनुमान रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय