scheduleसोमवार आषाढ़ २९ गते, २०७७

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९ पुग्यो

गण्डकी, १६ जेठ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९ जना पुगेको छ । नवलपुर र म्याग्दीमा थप तीन जनामा कोरोना भाइरसबाट संक्रमित भएका छन् । नवलपुरको देबचुली नगरपालिका घर भई सोही नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका १९ र २१ का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

उनीहरुलाई नवलपरासीको मध्यबिन्दु जिल्ला अस्पतालमा उपचारका लागि लैजाने तयारी भएको स्वास्थ्य निदेशनालय गण्डकी प्रदेशका निदेशक विनोद विन्दु शर्माले जानकारी दिए ।

त्यसै गरी म्याग्दीको मालिका गाउँपालिका घर भै बेनी नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका ३० वर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय