scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

कोरोनाका कारण विश्वभर रोजगारी गुमाउनेको संख्या ४५ लाख नाघ्यो

काठमाडाैं, १६ जेठ । विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरस अर्थात् कोभिड–१९ का कारण विश्वभर रोजगारी गुमाउनेको संख्या बढ्दै गएको छ । विश्वभरका अधिकांश कार्यालय, उद्योग, संघसंस्थाहरु बन्द हुन थालेपछि करोडौं मानिस बेरोजगार भएका छन् ।

फ्रान्समा मात्रै गत अप्रिल महिनामा ८ लाख ५ हजारभन्दा बढी मानिसले रोजगारी गुमाएको त्यहाँको रोजगार विभागले जनाएको छ । योसँगै फ्रान्समा रोजगारी गुमाउनेको संख्या वृद्धि भएर ४५ लाख नाघेको छ । यस्तै कोरोना महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा गत साता मात्रै २१ लाख नागरिकले रोजगारी भत्ताका लागि आवेदन दर्ता गराएका छन् ।

गत मार्च महिनाबाट अमेरिकामा सुरु भएको कोरोना संकटपछि त्यहाँ रोजगारी गुमाउनेको संख्या ४ करोड नाघेको छ । यो संख्या अमेरिकामा काम गर्नेहरुको कुल संख्याको २५ प्रतिशत अर्थात् एक चौथाई रहेको अमेरिकी श्रम विभागले जनाएको छ ।

गत मे एक तारिखमा अन्तर्राष्ट्रिय श्रम संगठनले महामारीका कारण विश्वका झन्डै डेढ अर्ब नागरिकले रोजगारी गुमाउने चेतावनी दिएको थियो । संगठनका अनुसार उद्योग, खुद्रा व्यापार लगायतका क्षेत्रमा महामारीले ठूलो प्रभाव पार्नेछ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय