scheduleसोमवार आषाढ़ २९ गते, २०७७

दाङको कोरोना अस्पतालका ८ जना संक्रमणमुक्त, डिस्चार्जको तयारी

काठमाडौं, १६ जेठ । कोरोनाभाइरस बाट संक्रमित भएका ८ जना उपचारपछि शुक्रबार निको भएका छन् ।

दाङको कोरोना अस्पतालमा भर्ना भएका बाँके, कपिलवस्तु र दाङका ८ जना उपचारपछि  संक्रमणमुक्त भएका हुन् ।

निको हुनेहरूमा बाँके नरैनापुरका १८, २० र २५ वर्षीय पुरूष, कपिलवस्तुका २०,२९,३४ र ४२ वर्षीय पुरूष र दाङ गडुवा गाउँपालिकाका ३६ वर्षीय पुरूष रहेको बताइएको छ ।

गत जेठ २ गते अस्पताल भर्ना भएका उनीहरूलाई केहीबेरमै डिस्चार्ज गर्ने तयारी गरिएको जिल्ला अस्पताल दाङले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय