scheduleसोमवार आषाढ़ २२ गते, २०७७

गीतकार थापाको पशुपतिमा अन्त्यष्टि

काठमाडौं, १६ जेठ । बिहीबार निधन भएका ख्यातीप्राप्त गीतकार रत्नशम्शेर थापाको शुक्रबार अन्त्येष्टि गरिएको छ ।

शुक्रबार बिहान थापाप्रति श्रद्धान्जली अर्पण गरिएपछि पशुपतिमा अन्त्येष्टि गरिएको हो । थापालाई श्रष्टा, कलाकार लगाएतले श्रद्धान्जली अर्पण गरेका हुन् ।

सो क्रममा कलाकारहरुले थापाद्वारा रचित गीत गाएका थिए । ८२ वर्षीय थापाको बिहीबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो ।

श्वास फेर्न अप्ठ्यारो भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । थापाको ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’, ‘जाग लम्क चम्क हे नौजवान हो’, ‘विछोडको पीडा नसकी खप्न’लगायतका गीत चर्चित छन् ।

नारायण गोपालले गाएका सुरुवाती गीतहरु थापाले नै लेख्नुभएको थियो । थापाका श्रीमती र २ छोरा छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय