scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

थपिए ५६ जना कोरोना संक्रमित

रौतहट, १६ जेठ ।  रौतहटमा ५६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । शुक्रबार थपिएकामध्ये  राजपुर नगरपालिकामा ३३ जना, ईशनाथ नगरपालिकामा १५ जना, बौधीमाई नगरपालिकामा २ जना र मौलापुर नगरपालिकामा ६ जना रहेको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

बिहीबारसम्म जिल्लामा १ सय २५ जना मात्रै संक्रमित थिए। १ हजार ५ जनाको स्वाब परीक्षण गर्दा १ सय ८१ जनाको रिपोर्ट पोजेटिभ आएको हो। अझै ६ सय १३ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।

विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा ६ हजार ४ सय ३९ जनालाई राखिएको छ।  योसँगै रौतहटमा संक्रमितको संख्या १ सय ८१ पुगेको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय