scheduleसोमवार आषाढ़ २९ गते, २०७७

रौतहटमा थप ५६ जनामा कोरोना संक्रमण भेटियो

रौतहट, १६ जेठ । रौतहटमा शुक्रबार थप ५६ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिनेमा राजपुर नगरपालिकाका ३३, इशनाथ नगरपालिकाका १५, मौलापुर नगरपालिकामा ६ र बौधीमाइ नगरपालिकामा २ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

काठमाडौंमा गरिएको परीक्षणमा ५६ जनामा संक्रमण भेटिएको जनाइएको छ । योसँगै रौतहटमा मात्र संक्रमितको संख्या १ सय ८१ पुगेको छ र तीनजना निको भएर घर फर्किएका छन् ।

संक्रमण देखिएका सबैजना भारतबाट फर्किएर क्वारेन्टाइनमा बस्दै आएका छन् ।

अहिले रौतहटमा भारतबाट फर्किएका हजारौं नागरिकहरुलाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको संख्या ४५ सय आसपास रहेको प्रशासनले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय