scheduleशनिवार आषाढ़ २० गते, २०७७

संक्रमित बढेसँगै डिस्चार्ज हुने पनि बढे, २०६ जना संक्रमणमुक्त

काठमाडौं, १६ जेठ ।  शुक्रबार थप १९ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्‍नेको संख्या २०६ पुगेको छ।  डिस्चार्ज हुनेमा टेकु अस्पतालबाट २ जना, पाटन अस्पतबाट ७ जना, बलम्बु अस्पतालबाट २ जना र कोरोना विशेष अस्पताल बेलझुण्डी दाङबाट ८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

डिस्चार्ज हुनेमा पुरुष १६२ जना र ४४ जना महिला रहेका छन्।

हालसम्म प्रदेश १ मा ३० जना निको भइ घर फर्किएका छन्। त्यस्तै प्रदेश २ मा १०२ जना, बागमती प्रदेशमा २० जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा ४७ जना र सुदूरपश्चिममा ५ जना गरी कुल २०६ जना निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाए ।

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ६४ हजार १ सय ५४ र आरडीटी विधिबाट १ लाख ५  हजार ४ सय ७८ जनाको नमुना परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार २३८ र आरडीटी विधिबाट ३हजार ४४४ नमुना परीक्षण गरिएको छ। प्रवक्ता देवकोटाका अनुसार हालसमम क्वरेन्टाइनमा ९९ हजार ३ सय ३६ जना छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय