scheduleमगलवार आषाढ़ ३० गते, २०७७

कोरोनालाई पत्नीसँग तुलना गरेपछि विवादमा तानिए मन्त्री

जकार्ता, १६ जेठ । कोरोना भाइरसलाई श्रीमतीसँग तुलना गरेपछि इन्डोनेसियाका एक मन्त्री विवादमा तानिएका छन् । उनले कोरोनालाई ‘विद्रोही पत्नीहरु’सँग तुलना गर्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । उनले आफ्नो विवादित मन्तव्यमा सामाजिकरुपमा कोरोनासँग नडराउन भनेका थिए ।

आफ्नो मन्तव्यका कारण विवादमा तानिने मन्त्री हुन् इन्डोनेसियाका सुरक्षामन्त्री मोहम्मद महफुद एमडी । जब उनको ‘सेक्सिस्ट’ अभिव्यक्ति बाहिरियो, तब सामाजिक सञ्जालमा महिला समूह र सामाजिक अभियन्ताहरुले उनको कडा आलोचना गर्न सुरु गरे ।

कतिपयले मन्त्री एमडीको भनाई आपत्तिजनक रहेको भन्दै आलोचना गरिरहेका छन् ।

मन्त्रीले स्थानीय विश्वविद्यालयका विद्यार्थीहरुमाझ अनलाइनमार्फत् सम्बोधनको क्रममा उनले भनेका थिए, ‘के हामी विस्फोट हुन चाहन्छौँ, हामीले स्वास्थ्यमा ध्यान दियौँ भने अझै पनि यो परिस्थिति सामना गर्न सक्छौँ । अर्को दिन मैले साथीबाट सल्लाह पाएँ कि, कोरोना तपाईँको पत्नी जस्तै हो । सुरुमा यसलाई नियन्त्रण गर्न थाल्नुभयो, पछि रियलाइज भयो कि, यसलाई नियन्त्रण गर्नै सकिन्नँ । किनकि, तपाईँले यससँगै जीउन बानी पार्नुपर्ने हुन्छ ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय