scheduleसोमवार आषाढ़ २९ गते, २०७७

सरकारले तोक्यो भारतबाट नेपाल आउने यि २० नाकाहरु

काठमाडौं, १६ जेठ । सरकारले भारतमा रहेका नेपालीका लागि आउने आधिकारिक नाका तोकेको छ।  शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले भारत प्रवासबाट आउनेका लागि आधिकारिक नाका तोकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले बताए।

भारतबाट आउनेमा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि सरकारले आधिकारिक नाकाबाहेक अन्यत्रबाट आउन नदिने निर्णय गरेको हो । यी नाकाबाट आउनेको स्वास्थ्य जाँच तथा क्‍वारेन्टाइनमा राख्‍नका लागि सरकारले यस्तो कदम चालेको हो ।

समितिले आधिकारिक रुपमा तोकेका नाकाहरुमा इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, बिराटनगरको रानी, सुनौली, ठाडी, माडर, मलंगवा, गौर, वीरगञ्ज र महेशपुर रहेका छन्। यस्तै, बेहलिया, तौलिहवा, कृष्णनगर, जमुनाह, गौरीफण्टा, गड्डाचौकी, झुलाघाँट र दार्चुलाका नाकाहरुबाट मात्रै अब नेपालीले प्रवेश पाउने भएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय