scheduleआइतवार आषाढ़ २८ गते, २०७७

कांग्रेसको निष्कर्षः बजेट कार्यान्वयन गर्ने आधार देखिएन

काठमाडौं, १६ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले बिहीबार ल्याएको आगामी आर्थिक बर्षको बजेट कार्यान्वयन गर्ने आधार नदेखिएको ठहर गरेको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले अहिलेको असामान्य अवस्थामा पनि सरकारले सामान्य बजेट ल्याएको भन्दै बजेट कार्यान्वयन गर्ने आधार नदेखिएको ठहर गरेको हो । कोरोना नियन्त्रण रोकथाम र यसबाट उकास्ने तथा उद्योगी व्यवयासीहरुलाई बजेटले सम्बोधन गर्न नसकेको कांग्रेसको निष्कर्ष छ ।

बैठकपछि कांग्रेसका मुख्य सचेतक बालकष्ण खाँणले राजस्वको लक्ष्य पनि पुरा हुन नदेखिएको र सरकारले बाह्य तथा आन्तरिक ऋण लिने लक्ष्य पनि लिएको र त्यसको प्रभाव बजेटको आयमा देखिने बताए । उनले नेपालको उद्योग धन्दा कृषि लगाएतलाई सरकारले बिशेष सम्बोधन गर्नुपर्ने धारणा राखे ।

कारोना रोकथाम र उपचारका लागि बिजियोजीत बजेट पनि प्रयाप्त नरहेको खाँणले बताए ।

बैठकमा कांग्रेस सभापति देउवाले बजेट छलफलका क्रममा गम्भीर रुपमा आवाज उठाउन सांसदहरुलाई निर्देशन दिएका थिए । बैठकमा कांग्रेसले बजेटका बारेमा अर्थबिद्हरुसंग पनि छलफल गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय