scheduleआइतवार आश्विन ११ गते, २०७७

भारतसँग औपचारिक वार्ताको मिति र मोडालिटी तय भइसकेको छैनः मन्त्री ज्ञवाली

दशगजामा रहेका बस्ती, सडक, बाँध तटबन्धलाई तत्काल हटाउन निर्देशन

काठमाडौं, १६ जेठ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सीमा क्षेत्रको दशगजामा रहेका वस्ती, सडक, बाँध तटबन्धलाई हटाउन तत्काल आवश्यक पहल गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले अन्तराष्ट्रिय मुल्य मान्यता विपरित अन्तराष्ट्रिय कानुन र मूल्य मान्यता विपरीत सीमा क्षेत्रको दशगजा रहेका बस्ती, सडक, बाँध तटबन्धलाई हटाउन तत्काल आवश्यक पहल गर्न निर्देशन दिएको हो ।

बैठकले सशस्त्र प्रहरीलाई सीमा रक्षाको मात्रै जिम्मेवारी दिन सरकारलाई निर्देशन दिएको छ । त्यस्तै बैठकले सीमामा बोेर्डर आउटपोस्ट (बिओपी) त्यसका लागि आवश्यक जनशक्ति र पूर्वाधार निर्माणका लागि आवश्यक साधनस्रोत थप्न समेत सरकारलाई निर्देशन दिएको छ ।

बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा समस्याबारे भारतसँग औपचारिक वार्ताको मिति र मोडालिटी तय भइनसकेको बताए । उनले नेपाली भूमी फिर्ता ल्याउन कुनै कसर बाँकी नराख्ने पनि बताए ।

उनले सीमा क्षेत्रमा भारतीय पक्षले बाँध बनाएका कारण नेपाली भूमि डुवाानमा पर्ने भएकाले त्यस्ता संरचना हटाउन पहल गरिने जानकारी दिए । त्यस्तै उनले चीनले पनि सगरमााथाको उचाइ मापन गरिरहेको जानकारी सरकारलाई रहेको भन्दै दुवै देशल संयुक्त रुपमा चीनको उचाई सार्वजनिक गर्ने पनि बताए ।

बैठकमा समिति सदस्यहरुले सीमा समस्या समाधान गर्दा त्यस क्षेत्रमा रहेका नागरीकको समस्यालाई पनि मध्यनजगर गर्न सुझाव दिएका थिए । उनीहरुले सीमा स्तम्भ निर्माणमा देखिएको समस्याको पनि समाधान खोज्न मन्त्री ज्ञवालीको ध्यानाकर्षण गराएका थिए । बैठकले ठूला नदीमा निर्माण गर्नुपर्ने सीमा स्तम्भ निर्माण गर्ने गरी पहल गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

भिडियोमा पनिः

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय