scheduleसोमवार आषाढ़ २९ गते, २०७७

पाकिस्तानमा दुर्घटना भएको विमानमा तीन करोड भेटियो

एजेन्सी, १६ जेठ ।  पाकिस्तानमा गत २२ मेमा दुर्घटनाग्रस्त भएको विमानको भग्नावशेषमा अलग–अलग देशको लगभग तीन करोड रुपैयाँ भेटिएको छ । अनुसन्धान अधिकारी अब यति ठूलो रकम विमानस्थलको सुरक्षा जाँच र लगेज स्क्यानरमा किन भेटिँदैन भनेर अनुसन्धानमा लागेका छन् ।

उक्त रकम दुईवटा ब्यागमा भेटिएको छ । अनुसन्धानमा जुटेका अधिकारीका अनुसार दुर्घटनामा मारिएका व्यक्ति र उनीहरुको लगेज पहिचानको काम चलिरहेको छ । २२ मे मा लाहौरबाट कराँची जाँदै गरेको विमान अवतरण हुनु केही मिनेट अघि मात्रै दुर्घटना भएको थियो ।

विमानका चालक दलका सदस्यसमेत ९९ व्यक्ति सवार थिए, जसमध्ये जम्मा दुइ जनाको ज्यानमात्र बाँच्न सफल भएको थियो । मारिएका ९७ व्यक्तिमध्ये नौ बालबालिका थिए । दुर्घटना कराँची अन्तर्राष्ट्रिय बिमानस्थल नजिकै आवसीय इलाकामा भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय