scheduleसोमवार आश्विन ५ गते, २०७७

गोँगबुमा दुर्घटना, दुईको मृत्यु

काठमाडौँ, १६ जेठ । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–२६ बिजी मल अगाडि बिहीबार राति बा २ क ५४८४ नम्बरको मिनिट्रक र ना ६५ प २८०१ नम्बरको स्कुटर एकापसमा ठोक्किँदा दुई व्यक्तिको मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले स्कुटर चालक बझाङका २२ वर्षीय लोकेन्द्र विष्ट र स्कुटरमा सवार धनबहादुर बुढाको मृत्यु भएको जानकारी दिए ।

घाइते विष्टको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज र घाइते बुढाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । दुर्घटनासँग सम्बन्धित मिनिट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय