scheduleसोमवार आषाढ़ २९ गते, २०७७

रहेनन् छत्तिसगढका प्रथम मुख्यमन्त्री अजित जोगी

रायपुर, १६ जेठ । भारतको छत्तिसगढका प्रथम मुख्यमन्त्री अजित जोगीको निधन भएको छ ।

लामो समयसम्म प्रदेशस्तरको राजनीतिमा नेतृत्व गरेका प्रभावशाली नेता जोगीको शुक्रबार एक निजी अस्पतालमा निधन भएको हो ।

उनलाई गत २० दिनदेखि अस्पतालमा उपचार गराइएको थियो । उनि ७४ बर्षका थिए । उनकी श्रीमती रेनु जोगी प्रदेश सभा सदस्य हुनुहुन्छ भने छोरा अमित जोगी प्रदेश सभाका पुर्व सदस्य हुनुहुन्छ ।

‘स्थानीय समय अनुसार दिउसो ३.३० मा उहाँले अन्तिम स्वास फेर्नुभयो, त्यसपछि विदा हुनुभयो,’ अस्पतालका एक चिकित्सकले भने ।

उनलाई स्थानीय श्री नारायण अस्पतालमा भर्ना गरिएको थियो । उनलाई स्वासप्रश्वाससम्वन्धी समस्या उत्पन्न भएको अस्पतालका मेडिकल डाइरेक्टर डा सुनिल खेम्काले जानकारी दिए।

कर्मचारीबाट राजनीतिमा प्रवेश गरेका जोगीले छत्तिसगढ प्रदेशको पहिलो मुख्यमन्त्री हुदै सन् २०० देखि २००३ सम्म मुख्यमन्त्री भएका थिए ।
पिटिआई

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय