scheduleसोमवार आश्विन ५ गते, २०७७

सर्लाहीमा २ सञ्चारकर्मीसहित थप ४ जनामा कोरोना संक्रमणको पुष्टि

एसपी यादव/सर्लाही, १६ जेठ । शुक्रबार आएको पिसिआर रिपोर्ट अनुसार सर्लाहीमा थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी गराएका छन् ।

सर्लाहीको सदरमुकाम समेत रहेको मलङ्ग्वा नपाका दुईजना सञ्चारकर्मी र कौडेना गापाका दुईजना स्थानीय गरी चारजनामा कोरोना संक्रमण आज पुष्टि भएको हो । संक्रमण पुष्टि भएका २ जना सञ्चारकर्मीहरु भन्ने फ्रन्टलाइनमा रहेर रिपोर्टिङ गर्दै आएका थिए ।

जेठ १२ गते सोमबारका दिन सदरमुकाम मलङ्ग्वाको कवर्ड हलमा फ्रन्ट्लाइनमा रहेर समाचार रिपोर्टिङ गर्दै आएका सञ्चारकर्मीहरु, एम्बुलेन्स चालकहरु र जिल्ला प्रहरी कार्यालय सर्लाहीका मुद्दा फाटमा रहेर काम गर्ने प्रहरीहरु गरि जम्मा ३९ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये आज २९ जनाको रिपोर्ट मात्र आज आएको हो । भने १० जनाको रिपोर्ट अझै आउन बाकी रहेको श्रोतले जनाएको छ ।

पुष्टि भएका संक्रमितहरु मध्ये कौडेना गापाका २ जना रोजगारीको सिलसिलामा भारतमा बस्दै आएको र केही दिन अगाडी मात्र भारतबाट उनीहरु नेपाल आएका थिए । कौडेना गापाका संक्रमितहरु भने क्वारेन्टाइनमा बस्दै आएका थिए ।

प्रजिअ जिसिका अनुसार, संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ, र हाल उनीहरुलाई नपाको आइसोलेशन वार्डमा राख्ने तयारी भइरहेको जनाएका छन् ।

यससँगै सर्लाहीमा कोरोना भाइरसको संक्रमितको संख्या बढेर ४५ पुगेको छ । यसअघि सर्लाहीमा ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय