scheduleसोमवार आषाढ़ २९ गते, २०७७

सिन्धुपाल्चोक प्रेस युनियनका सवै सदस्यको कोरोना बीमा

सिन्धुपाल्चोक, १६ । नेपाल प्रेस युनियन जिल्ला शाखा सिन्धुपाल्चोकले आफ्ना सवै सदस्यको कोरोना भाइरस (कोभिड–१९) बीमा गरेको छ ।

शाखा अध्यक्ष दुर्गा आचार्यका अनुसार कोभिडसँग सम्बन्धित समाचार संकलनमा खटिने सञ्चारकर्मीलाई सहयोग पुर्‍याउने उद्देश्यले प्रतिव्यक्ति १ लाख बराबरको बीमा गरिएको हो ।

पिसीआर परीक्षणबाट पोजिटिभ देखिएमा त्यस्ता सदस्यले शाखामार्फत तत्कालै १ लाख पाउनेछन् । यस्तो रकम पाउन बीमा गरिएको १५ दिनपछि पोजिटिभ देखिनुपर्नेछ ।

संगठनले ठूलो सहयोग गर्न नसकेपनि शाखा सदस्यहरुलाई काममा हौसला प्रदान गर्न सानो प्रयासको थालनी गरेको अध्यक्ष आचार्यले बताइन् ।

काठमाडौंलाई कर्मथलो बनाएर क्रियाशील केही सदस्यहरुले आआफ्नो सञ्चारमाध्यममार्फत बिमा गरेको आचार्यले बताइन् ।

शाखाले आर्थिकभार आफैंले व्यहोरेर आजैबाट लागू हुनेगरी ५५ जनाको बीमा गरेको छ ।

अप्ठेरो अवस्थामा जोखिम बहन गरेर पहिलो पंक्तिमा रहेर काम गर्ने सदस्यका लागि भविष्यमा अन्य सहयोग जुटाउने प्रयास भइरहेको सिन्धुपाल्चोक प्रेस युनियनले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय