scheduleसोमवार आषाढ़ २९ गते, २०७७

रौतहटमा प्रहरी र स्थानीयबीच झडप, वडा अध्यक्ष पक्राउ

रौतहट, १६ जेठ । क्वारेन्टाईनको विषयलाई लिएर रौतहटको गुजरा नगरपालिकामा प्रहरी र स्थानीयबासीबीच भडप भएको छ ।

मुम्वईमा ब्याग उद्योगमा काम गरेर फर्किएकाहरुलाई गुजरा नगरपालिकाले सिम्राभवानीपुरमा बनाएको क्वारेन्टिनमा राख्न खोज्दा झडप भएको हो ।

वडा नम्बर ४ का वडाध्यक्ष पवन गिरीले आफ्नो वडामा नराख्न भनेपछि स्थानीय र प्रहरीबीच विवाद हुँदा झडप भएको हो ।

वडाध्यक्ष गिरीलाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक चन्द्रकिशोर साहले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय