scheduleमगलवार आषाढ़ ३० गते, २०७७

एमसीसीबारे छलफल गर्न नेकपाले सचिवालय बैठक बोलायो

काठमाडौं, १६ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शनिबार बिहान सचिवालय बैठक बोलाएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भेटर्वार्ता भएसँगै नेकपाले सचिवालय बैठक बाेलाएकाे हाे ।

बैठक शनिबार बिहान साढे ९ बजे बस्ने नेकपाले जनाएकाे छ । बजेटमा एमसीसीको कार्यक्रम समेटिएपछि त्यसबारे छलफल गर्न बैठक बस्न लागेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठकाे भनाइ छ ।

एमसीसीलाई लिएर पार्टीभित्र विवाद भएपछि यसबारे अध्ययन गर्न बनाइएको कार्यदलले एमसीसीलाई यथास्थितिमा पारित गर्न नहुने सुझाव यसअघि  दिइसकेकाे छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय