scheduleसोमवार आश्विन ५ गते, २०७७

अमेरिकामा यी ‘काला’ व्यक्तिको मृत्युका कारण किन भड्कदैँछ हिंसा ?


एजेन्सी, १७ जेठ । अमेरिकाको मिनेसोटा राज्यस्थित मिनेपोलिस शहरमा भीडले एउटा प्रहरी कार्यालयमा आगजनी गरिदिएका छन् । गत सोमबार प्रहरी हिरासतमा एकजना काला जातिका नागरिकको मृत्युपछि तीन दिनदेखि मानिसहरुले आन्दोलन गरिरहेका छन् ।

प्रहरी हिरासतमा मृत्यु भएका ४६ वर्षीय जर्ज फ्लायडको एउटा भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा एकजना प्रहरीले घुँडा टेकेर उनको घाँटी थिचिरहेका छन् । तब जर्ज आफूले स्वास फेर्न नसकेको र आफूलाई गाह्रो भइरहेको बताईरहेको देखिन्छन् ।

जर्जको परिवारले उनलाई हिरासतमा राख्ने चारजना प्रहरीमाथि ज्यान मुद्दा दर्ता हुनुपर्ने माग राखेका छन् । तर कानुनी अभियेजनकर्ताहरुले उक्त घटनासँग सम्बन्धित प्रमाणहरुको खोजी गरिरहेको बताएका छन् ।

अमेरिकामा प्रहरीद्वारा लामो समयदेखि काला जातिहरुको हत्या भईरहेका घटनाहरु प्रशस्तै छन् । यो घटनाले वर्षौेदेखिको आक्रोशलाई भड्काएको छ । केही समय अघि केन्टुकीमा पनि एकजना काला जातीका नागरिकको यस्तै हत्या मामिला सार्वजनिक भएको थियो ।

जर्ज फ्लायडको मृत्युपछि न्युयोर्क, लस एन्जलस, सिकागो, डेनवर र फिनिक्स समेत धेरै अमेरिकी शहरहरुम प्रदर्शन भएका छन् ।

कसरी भयो जर्जको मृत्यु ?
प्रहरी रिपोर्ट अनुसार जर्ज फ्लायडलाई कालो धनको प्रयोग गरेको आरोपमा प्रहरीले सोमबार सोधपुँछका लागि घरबाट गिरफ्तार गरेका थिए । प्रहरी विभागका अनुसार प्रहरीले जर्जलाई उनको कारबाट टाढा गएर बस्न भन्दा जर्ज नमानेपछि उनलाई हथकडी लगाइएको थियो ।

तर त्यसपछि के भयो भन्ने कुरा कसैलाई थाहा छैन । त्यो सबै अनुसन्धानको विषय बन्ने छ । तर जुन भिडियो भाइरल भएको छ त्यसमा प्रहरी र जर्जबीच झगडा भइरहेको देख्न सकिन्छ । तर के कारणले हो भन्ने कुरा अज्ञात छ ।

तर भिडियोमा एकजना गोरा प्रहरी अधिकारीले जर्जको घाँटी आफ्नो घुँडामा राखेर दबाईरहेका छन् ।

प्रहरी विभागका अनुसार यो मामिलामा संलग्न चार प्रहरीको नामः डेरेक शाविन, टू थाओ, थोमस लेन र एलेक्जेण्डर हुन् ।

स्थानीय मिडियाहरुका अनुसार जर्जको घाँटीमा घुँडा राख्ने प्रहरीको नाम डेरेक हो ।

मिडियाहरुका अनुसार जर्जको मृत्यु पछि आक्रोशित मानिसहरुले मिनेपालिस शहरका धेरै भवनहरुमा आगजनी तथा लुटपाट गरेका छन् ।

बिहीबार साँझ, जर्जको हत्या भएको प्रहरी मुख्यालयमा सयौं मानिसहरुको भिड जम्मा भएको थियो ।

ती मानिसहरुले प्रहरी भवनसँगै एउटा प्रहरी स्टेशन र त्यसको नजिकका दुई भवनमाथि पनि आगजनी गरेका छन् । तर यो घटनामा कुनै पनि मानव क्षति वा घाइते भएको खबर छैन ।

जर्जको मृत्यु पछि मिनेपालिस शहरका केही नेताहरुले न्यायिक परिवर्तनको आवश्यक भएको तर्क गरेका छन् ।

मिनेपालिस शहरका मेयरले जर्जको मृत्युपछि मानिसहरु आक्रोशित हुनु जायज भएको तर यसपछि हिंसा र लूटपाटलाई सरकारले नसहने अभिव्यक्ति दिएका थिए ।

मेयर जेकब फ्रेको त्यस्तो अभिव्यक्तिपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमा लेखेका छन्, ‘नेतृत्वको कमिकोे कारण मिनेपालिसमा हिंसा भईरहेको छ । स्थिति बिग्रिएको छ, यदि फ्रेले स्थितलाई नियन्त्रण गर्नसक्दैन भने मैले नेश्नल गार्ड्सलाई परिचालन गर्नुपर्छ । जस्तै समस्या होस् हामी त्यहाँ नियन्त्रण गर्नसक्छौं । लब लुटिङ सुरु हुन्छ तब सूटिङ सुरु हुन्छ ।’

संयुक्त राष्ट्रका मानवअधिकार संगठनकी प्रमुख मिसेल ब्याचलेटले जर्जको मृत्युको भर्त्सना गरेकी छिन् । उनले य हत्यापछाडी नस्लीय विभेदको कारण लुकेको बताएकी छिन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय