scheduleसोमवार आषाढ़ २९ गते, २०७७

लकडाउनमै सुरु हुने भयो फिल्म ‘अवतार’ को छायांकन, अन्य चार भाग कहिले ?


एजेन्सी, १७ जेठ । मार्बल स्टुडियोको गत साल रिलिज भएको फिल्म ‘एभेन्जर्सः एन्डगेम’ भन्दा पहिलो सबैभन्दा धेरै कमाई गर्ने फिल्म बन्न सफल भएको थियो ‘अवतार’ । अब चाँढै नै यो फिल्मको अर्को भाग पनि आउने भएको छ । फिल्मको अर्को भागको काम सुरु भईसकेको छ ।

न्यूजिल्याण्डमा कोरोना भाइरस नियन्त्रणमा आउन सुरु गरेपछि उक्त फिल्मका सबै कलाकार तथा क्र्यु सदस्यहरु अर्को हप्ता न्यूजिल्याण्ड जाँदैछन् । यो खबरको जानकारी गत बुधबार फिल्मका निर्माता जन प्लानडाउले आफ्नो सामाजिक सञ्जालको अकाउन्टमा एक पोस्टमार्फत साझा गरेका हुन् ।

प्लानडाउले आफ्ने इन्स्टाग्राम अकाउन्टमा ‘अवतार’ फिल्मको दास्रो भागको सेट तयार भईसकेको जानकारी गराएका हुन् । फिल्ममा पानडुब्बीको प्रयोग हुन लागेको उनको पोस्ट र क्याप्सनबाट बुझ्न सकिन्छ ।

सज् २००९ मा आएको ‘अवतार’ फिल्मको अर्को भागको छायांकन गत मार्चदेखि लकडाउनका कारणले रोक्किएको थियो । यो समय विश्वका अधिकांश फिल्म कम्पनीहरु लकडाउनका कारण बन्द जस्तै स्थितिमा छन् । यो लकडाउनको समयमा छायांकन सुरु गर्ने सम्भवतः यो सबैभन्दा ठूलो फिल्म बन्नसक्छ ।

फिल्म अवतारका चार भागहरु एकैपटक घोषणा गरिएका छन् । यो फिल्मको पहिलो लाग १७ डिसेम्बर २०२१ मा प्रदर्शन हुँदैछ । यस्तै अन्य तीन फिल्महरु डिसेम्बर २०२३, २०२५ र २०२७ मा प्रदर्शन हुने निश्चित छ । यी सबै फिल्ममा निर्देशक जेम्स क्यामरन हुनेछन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय