scheduleमगलवार आषाढ़ २३ गते, २०७७

ह्वाट्सएपमा चल्दैछ यस्तो घातक स्क्याम, रहनुहोस् सचेत


एजेन्सी, १७ जेठ । छिटो तथा छरितो म्यासेजिङ एपको रुपमा चर्चित ह्वाट्स एपको प्लेटफर्ममा फर्जी खबरहरुको अहिले बिगबिगी फैलिएको छ । यसलाई रोक्न कम्पनीहरु प्रत्येक दिन कुनै न कुनै नयाँ फिचरहरु जारी गरी रहेका छन् ।

यो संक्रमणको समयमा ह्वाट्सएपमा म्यासेजिङ, भिडिया तथा अडियो कलिङ तथा प्लेटफर्मको ट्राफिकमा भारी वृद्धि भएको देखिन थालेको छ । तर यसबीच केही ठगहरु पनि यो प्लेटफर्ममा सक्रिय भएको देखिन थालेको छ ।

अहिले ह्वाट्सएपमा विभिन्न किसिमका नयाँ स्क्यामहरु चलिरहेका छन् । यस्ता स्क्याममा प्रयोगकर्ताहरुलाई उनीहरुको अकाउन्टको भेरिफिकेसन कोड मागिदैँछ ।

यसको जानकारी ह्वाट्सएपलाई ट्रयाक गर्न वेबसाइट वाबेटाइन्फोले आफ्नो ब्लगमार्फत दिएको हो । ब्लगमा ह्वाट्सएपले कहिले पनि आफ्ना प्रयोगकर्ताहरुलाई भेरिफिकेसन कोड र डाटाहरु नमाग्ने बतएको छ । यसकारण ह्वाट्सएपका प्रयोगकर्ताहरु सतर्क हुन आवश्यक छ । अन्यथा तपाईको नम्बरबाट कुनै पनि अन्य मुलुकमा बसिरहेका ह्याकरहरुले ह्याट्सएप प्रयोग गर्नेछन् र तपाईको ह्वाट्सएप बन्द हुनेछ ।

यसकारण यदि कसैले तपाईसँग तपाईको भेरिफिकेसन कोड माग्छन् भने इमान्दार भएर कोड नम्बर बाड्ने काम नगर्नुहोस् । ह्याकरले आफूले प्राविधिक सहायताका लागि उक्त नम्बर लिने बताए पनि तपाई तपाईले आफ्नो भेरिफिकेसन नम्बर दिने काम नगर्नुहोस् ।

रोचक कुरा यहाँ के छ भने त्यस्ता ह्याकरहरुले मानिसहरुलाई झुक्याउन आफ्नो डिस्प्ले फोटोमा ह्वाट्सएपका मानिसहरुको तस्बिर राख्ने गरेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय