scheduleमगलवार आश्विन १३ गते, २०७७

कोरोना भाइरसका कारण यस्तो बन्दैछ मेकअप ट्रेण्ड


एजेन्सी, १७ जेठ । कोरोना भाइरसको प्रभावले नछोएको कुनै क्षेत्र वा विषय छैन । अब विस्तारै कोरोनाको प्रभाव मेकअप ट्रेण्डमा पनि देखिन थालेको छ ।

भाइरसबाट बच्न प्रयोग हुने मास्कका कारण अब लिपिस्टकको ट्रेण्ड अहिले हराएको छ । विवाहमा पनि बेहुलीले मास्कनै लगाएको देखिएको छ ।

सबै महिलाहरुको रोजाईको श्रृंगारिक सामग्री बनेको लिपस्टिकको चलन मास्कका कारण बिस्तारै ओझेलमा पर्दैछ । अब मानिसहरु आफ्नो आखाँमा धेरै ध्यान दिन थालेका छन् । कोरोना कारण लिपस्टिकको व्यवसायमा पनि मन्दी छाएको छ । विज्ञहरुको अनुसार सौन्दर्य सामग्रीको व्यवसायमा लिपस्टिकले करिब ३२ प्रतिशत भाग ओगटेको हुन्छ । तर अब यसमा मन्दी छाउन थालेक छ ।

भाइरसका कारण फेसमास्कको चलन बढेपछि अहिले आँखासँग सम्बन्धित मेकअप सामग्रीहरुको माग बढ्न थालेको छ । काजल, आईस्याडो, आई लाइनर, फल्स ल्यासेज, मस्कारा जस्ता आँखाका उत्पादनहरुको माग बढेपछि यस्तै सामग्रीको निर्माणमा अहिले फेसन तथा मेकअप सामग्री उत्पादकहरु कस्सिएका छन् ।

यसअलावा अहिले लकडाउन र वर्क फ्रम होम प्रणालीका कारण मेकअप उत्पादनको क्षेत्र नराम्ररी प्रभावित भएको छ ।

सौन्दर्य सामग्री उत्पादक कम्पनी नायकाको एउटा खुद्रा व्यवसायीले बताएका छन् कि आखाँको मेकअप सामग्री मध्ये पाँच नम्बरमा आउने गरेको आई स्याडो अहिले तीन नम्बरमा आईपुगेको छ ।

अहिले समग्र सौन्दर्य सामग्री बजारमा ३६ प्रतिशत भाग आखाँ सम्बन्धि मेकअप सामग्रीहरुले लिएको छ ।

विज्ञहरुले आगामी दिनमा मानिसहरुले ओठको देखभालका लागि प्रयोग हुने लिप वाम र फेस क्रिममा रुचि देखाउने अनुमान गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय