scheduleआइतवार आषाढ़ २८ गते, २०७७

कोरोना आतंकका बीच लागु औषध गाजासहित दुईजना प्रहरीको फन्दामा

एसपी यादव/सर्लाही, १७ जेठ । सर्लाहीको खुटौना प्रहरी चौकीका गस्ती टोलीले बिहिवार राति करिब ९ बजे मोटरसाईकलमा सबार रहेका २ जना व्यक्तिलाई १५ किलो लागु औषध गाजा सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मलंगवा नगरपालिका वडा नं. ३ मा बस्ने अन्दाजी वर्ष ३० का अजमल मिकरानी र तौसिफ रजा मिकरानी रहेका छन ।

मुसैली देखि भाड्सर तर्फ जादै गरेको बी आर ३१ एक्स ९८१८ नम्बरको अपाचे मोसा र त्यसमा सबार व्यक्तिहरु माथी शंका लागेपछि चेकजाच गर्ने क्रममा कार्टुन भित्र लुकाएर राखेको अवस्थामा लागु औषध गाजा सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

पक्राउ परेका दुबै जनालाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मलंगवामा ल्याइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय