scheduleसोमवार आषाढ़ २९ गते, २०७७

महामारीपछि ४ करोड युवाले धुम्रपान सुरु गरेः विश्व स्वास्थ्य संगठन

काठमाडौं, १७ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले शुक्रबार सूर्ती र निकोटिन उद्योगले महामारीको फाइदा उठाइरहेको बताएको छ । यी उद्योगहरुले सिधारुपमा युवा र बच्चालाई लक्षित गर्दै उत्पादन बढाएको संगठनले स्पष्ट पारेको छ । यी कम्पनीहरुले युवा र बच्चासम्म पहुँच राख्दै सूर्तिजन्य पदार्थको खपत गरिरहेको संगठनको बुझाई छ ।

डब्लूएचओका स्वास्थ्य प्रवर्द्धन निर्देशक रडिगर क्रीच भन्छन्, ‘महामारीको क्रममा संसारमा करिब ४ करोड युवाहरुले धुम्रपानजन्य उत्पादनको प्रयोग सुरु गरेका छन् ।’

उनले अगाडि भने, ‘यदि हामीले यसलाई नरोक्ने हो भने यसअघिको मेहनत पानीमा मिल्छ ।’

महामारीको बीचमा हजारौं मानिसहरुले धुम्रपान छाड्ने प्रयास गरेको पनि संगठनले जनाएको छ । भारत, म्याक्सिको, जोर्डन, इन्डोनेसिया र चीनलगायत मध्य र पूर्वी युरोपमा सूर्तीजन्य पदार्थको खपत बढिरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय